शरीर स्वस्थ राख्न खानुहोस् यी खानेकुरा

काठमाडाैँ । स्वस्थ शरीरका लागि खाना अत्यावश्यक छ । तर, मिलाएर आवश्यकताअनुसार खानाको छनोट गर्न भने सक्नुपर्छ । किनभने, असन्तुलित भोजन र आवश्यकभन्दा बढी खानाले स्वास्थ्यमा असर पु-याउँछ । कहिले टन्न खाने र कहिले खाँदै नखाने बानीले स्वास्थ्यमा खराब असर पार्छ ।

-तौल र उचाइअनुसार खानाको मात्रा मिलाउन जरुरी हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि २ हजार किलोसम्म क्यालोरी आवश्यक हुन्छ । पुरुषले भने १८ देखि २४ सयसम्म क्यालोरी सेवन गर्नुपर्छ ।
-दैनिक रूपमा ४–५ पटक खानुपर्ने हुन्छ । त्यसैले थोरै, तर छोटो–छोटो समयमा खान आवश्यक हुन्छ ।
-कहिल्यै पनि पेट टम्म हुने गरी खानुहुँदैन । डिनरमा त्यति धेरै खाने बानी गर्नुहुँदैन । किनकि, रातमा शारीरिक क्रियाकलाप नहुने भएकाले खाना पच्न समय लाग्छ । खाना अपचले मोटोपनको समस्या निम्त्याउँछ ।
-सकेसम्म मासु सेवन गर्नुहुँदैन । यदि गरिहालेमा पनि ३ देखि ५ टुक्रा मात्र सेवन गर्नुपर्छ । मानिसको स्वास्थ्यका लागि रातो मासु अत्यन्त हानिकारक हुने भएकाले यसको सेवन नगर्दा राम्रो हुन्छ ।
-हामीले पानी पिउँदा पनि होसियारी अपनाउनुपर्छ । कहिल्यै पनि एकैपटकमा धेरै पानी पिउनुहुँदैन । दैनिक कम्तीमा डेढदेखि २ लिटरसम्म पानी पिउनुपर्छ, तर थोरै–थोरै गरी । एकैपटक बढी पानी पिउँदा किड्नीमा असर पुग्न सक्छ ।
-दैनिक आहारमा हरियो सागपात, गेडागुडी, फलफूल, पहेँलो र हरियो खानेकुराको अत्यधिक प्रयोग गर्नुपर्छ ।
-बिहान उठेपछि खाली पेटमा मनतातो पानी सेवन गर्नुपर्छ । यसले स्वास्थ्यमा थुप्रै फाइदा पु-याउँछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस