नोक्सानमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको नाफामा वृद्धि

काठमाडाैँ । ५० करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ४९ लाख रुपैयाँ कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिमा १ करोड ७७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८० दशमलव ९५ प्रतिशतले बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहिअवधिमा संचालन मुनाफा नोक्सानमा रहेको थियो । बैंकले जगेडाकोषमा ४ करोड ९८ लाख रुपैयाँ छुटाएको छ ।

कर्जा तथा लगानी
चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा बैंकले २ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८३ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामाभन्दा बैंकले कर्जामा ५२ दशमलव ७४ प्रतिशतले वृद्धि गरेको हो ।

सुचकहरु
बैंकको निष्कृय कर्जा २ दशमलव ९७ प्रतिशत, जोखिम युक्त सम्पत्ति २५ दशमलव ५६ प्रतिशत, प्रति सेयर आम्दानी शुन्य दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानी अनुपात १०८ दशमलव २७ गुणा, प्रतिसेयर नेटवर्थ १०९ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात ४७ दशमलव ६२ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds