नागरिक लगानीकोषको नाफा ४.४६ % ले बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको छ महिनामा ४.४६ प्रतिशतले नाफा बढाएको छ। कोषले १९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट २.३६ प्रतिशत आम्दानी बृद्धि गरेको हो । यस्तो आम्दानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट व्याज आम्दानी २७८.७९ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ रहेको छ । लाभांस आम्दानी पनि २०.७९ प्रतिशतले बृद्धि भएर ७५ लाख रुपैयाँ छ । कोषको सञ्चालन खर्च ५.९९ प्रतिशतले घटेर ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

कोषले दीर्घकालिन फण्डको अन्तर्गत एक अर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ । फण्डले निक्षेप सहित विभिन्न क्षेत्रमा जम्मा एक अर्ब २० अर्ब रुपैयाँ लगानी गरेको छ । फण्डले पछिल्लो समय विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै आएको छ । दोस्रो बजारमा शेयर कारोबार गर्नको लागि स्टक डिलरको
काम पनि सुरु गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस