काठमाडौं । सानिमा बैंकले काठमाडौंको कान्तिपथ तथा भक्तपुरको गठ्ठाघरमा ७५ र ७६ औं शाखा कार्यालय स्थापना गरेकाे छ । सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धकका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्तरुपमा साे शाखा कार्यालयको उद्घाटन गरे । समुद्घाटन कार्यक्रममा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले समस्त ग्राहककाे थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको जानकारी गराए ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालासम्म गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सानिमा बैंकको हाल देशभरि ७६ वटा शाखा संजाल तथा ७२ वटा एटिएम छन ।
तपाईंको प्रतिकृया




