डेब्यु खेलमा मैदान छिरेको १८ सेकेण्डमै गोल

काठमाडाैँ । कुनै नयाँ क्लबमा अनुबन्धित भएर त्यसबाट पहिलो खेल खेल्न मैदान छिरेको २० सेकेण्ड भित्रै गोल गर्नु जस्तो उत्कृष्ट अनुभव सायदै अरु कुनै होला एक खेलाडीका लागि ।

नयाँ क्लबमा शुभचिन्तक र फ्यानहरुको मन जित्नका लागि त्यसले ठूलो महत्व राख्छ । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर तथा यो जनवरी विण्डोमा जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट टर्किस क्लब बेसिक्टास लोनमा गएका शिन्जी कागवाले यस्तै गरेका छन् ।

शिन्जीले सोमबार बेसिक्टासबाट पहिलो खेल खेलेका हुन् । उनी खेल सुरु हुँदा बेन्चमा थिए । पछि उनी मैदान छिरे र त्यसको १८ सेकेण्डमै गोल गरे । उनी त्यतिमै रोकिएनन् ।

पहिलो गोल गरेको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरे । टर्किस सुपर लिग अन्तर्गतको खेलमा बेसिक्टासले एन्टाल्यास्पोरलाई ६–२ ले हरायो । २९ वर्षका शिन्जी ८१ औँ मिनेटमा क्लब ४–१ ले अघि रहेको अवस्थामा मैदान छिरेका थिए ।

उनले मैदान छिरेको १८ सेकेण्डमै गोल गरे र दोस्रो गोल फ्रि–किक मार्फत गरे ।

जापानका शिन्जी सन् २०१२ मा बोरुसिया डर्टमुण्डलाई बुण्डेस लिगा र जर्मन कपको उपाधि दिलाएपछि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भए । दुई वर्षपछि अर्थात सन् २०१४ मा उनी फेरि बोरुसिया डर्टमुण्ड नै फर्किए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस