जुना विश्वकर्माको आवाजमा ‘खेतको फाटैमा’ (भिडियो)

काठमाडाैँ । पर्वतको जलजलाकी गयीका जुना विश्वकर्माको सुमधुर आवाजमा एकल लोक गीत ‘खेतको फाटैमा’ गीतको भिडियो बजारमा आएको छ। गीतको भिडियोलाई न्यु अन्जना डिजिटल मिडिया प्रालीले बजारमा ल्याएको हो।

गीतमा जीवनका दुख र सुखका विभिन्न चरणहरुलाई समेटिएको छ। जीवनबाट हार मानेर गायिकाले आफना प्रेमीलाई भुल्न नसकेको कुरा गीतमा भनिएको छ। जुना विश्वकर्मा स्यमको शब्द तथा लय सिर्जना बाट गीतका भावहरु सजाइएको छ। सुशिल डाँगीको छायाँकन, प्रकाश एस केको सम्पादन, निशान एस केको निर्देशन भिडियोमा छ।

‘खेतको फाटैमा’ गीतको मर्म अनुसारको जुना र किसनको अभिनय छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री