५६ लाखले गराए जीवन बीमा, महिलाको संख्या ३९ प्रतिशत मात्रै

काठमाडौं । देशभरमा जीवन बीमा गराउनेको संख्या ५६ लाख नाघेकाे छ । जीवन बीमा गराउने क्रम बढ्दो रहेकाे तर पुरुषको तुलनामा जीवन बीमा गराउने महिनाको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएकाे छ । ६१ प्रतिशत पुरुषले जीवन बीमा गराउँदा महिलाको हिस्सा ३९ प्रतिशत मात्र रहेको पाइएको छ ।

पुरुषको तुलनामा महिला सहभागिता हरेक क्षेत्रमा कम छ अरु क्षेत्रमा जस्तै जीवन बीमा गराउनेमा पनि महिलाको सहभागिता कम पाइएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा गराउने महिलाको संख्या ३८.८१ प्रतिशत पुग्दा पुरुषको संख्या ६१.१९ प्रतिशत पुगेको हो ।

बीमा समितिका अनुसार जीवन बीमाको पोलिसी किन्नेको संख्या ५६ लाख ५७ हजार २ सय ९ रहेको छ । सो पोलिसी किन्ने महिलाको संख्या २१ लाख ९५ हजार ३ सय ७९ रहेको छ भने पुरुषको संख्या ३४ लाख ६१ हजार ८ सय ३० रहेको बीमा समितिले जनाएको छ ।

राष्ट्रिय बीमा संस्थानमार्फत जीवन बीमा गर्नेको संख्या १ लाख ४० हजार रहेको छन् । सो संख्यामा ३७ प्रतिशत महिला रहेका छन् भने ६३ प्रतिशत हिस्सा पुरुषको रहेको छ ।

त्यसैगरी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ३ लाख ५६ हजार ६ सय ८ रहेको छ । सो संख्यामा ३९.५८ प्रतिशत महिला रहेका छन्, पुरुषको संख्या ६०.४२ प्रतिशत रहेका छन् । नेपाल लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ९ लाख ८३ हजार ७ सय ४३ रहेको छ । सो संख्यामा ३६.४७ प्रतिशत महिला रहेका छन् भने ६३.५३ प्रतिशत पुरुष रहेका छन् ।

यसैगरी, अर्को बीमा कम्पनी लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालमा जीवन बीमा गराउनेको संख्या ७ लाख १ हजार ९ सय ५४ रहेको छ । सो संख्यामा ३७.२० प्रतिशत महिला र ६२.८० प्रतिशत पुरुष रहेका छन् । यता, मेट लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या १४ लाख ४८ हजार २ सय ६० रहेको छ । जसमध्ये ५६.२४ प्रतिशत महिला र ४३.७६ प्रतिशत पुरुष रहेका छन् ।

एशियन लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ४४ हजार ८ सय ७९ रहेको छ । सो संख्यामा ४४.११ प्रतिशत महिला र ५५.८९ प्रतिशत पुरुष रहेका छन् । यसैगरी सूर्या लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १ लाख ७६ हजार ६ सय ९७ रहेको छ । सो संख्यामा ४०.२१ महिला र ५९.७९ प्रतिशत पुरुष रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप