१ अर्बको ऋणपत्र निष्काशन गर्दै सनराइज बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडाैँ ।सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ ।

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८० ’ निष्काशनको लागि अनुमति मागेको हो । बैंकले ऋणपत्र बिक्रीका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

बैंकले जारी गर्ने १० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा आउने छ भने ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तवरले बिक्री हुने छ

कुल निष्काशनको २० प्रतिशत मात्र सर्वसाधारणको लागि खुल्ला हुने गरेको ऋणपत्र अर्थमन्त्रीले मुद्रा तथा पुँजी बजारको समस्या समाधानको लागि डेपुटी गर्भनर शिवराज श्रेष्ठको नेतृत्वमा बनाएको कार्यदलले दिएको सुझाव अनुसार नेपाल धितोपत्र बोर्डले निर्देशिका परिमार्जन गर्दै हालै मात्रै ४० प्रतिशत पुर्योएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds