काठमाडौं । गुडविल फाइनान्सले ३ करोड २२ लाख नाफा कमाएको छ । कम्पनीले २०७५ पुस मसान्त अवधीमा कमाएको यो नाफा २०७४ पुसको भन्दा १४ लाखले बढी हो ।
फाइनान्सले असोज मसान्तमा ५ अर्ब ६० करोडमा रहेको निक्षेपलाई वृद्धि गरेर पुस मसान्त आईपुग्दा ६ अर्ब २६ करोड पुर्याएको छ । कम्पनीले असोजमा ४ अर्ब ९४ करोड रहेको कर्जा लगानीलाई पुसमा वृद्धि गरेर ५ अर्ब ३७ करोड पुर्याएको छ ।
८० करोड चुक्ता पुँजी रहेको गुडविल फाइनान्सको जगेडा कोषमा १५ करोड रुपैंयाँ रहेको छ । ७२.९२ प्रतिशत सिडी रेसियो रहेको कम्पनीको खराब कर्जा ०.८५ प्रतिशत मात्रै रहेको छ । आधार ब्याजदर १३.५० प्रतिशत रहेको गुडविलको कस्ट अफ फण्ड १०.५५ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ८.०६ रुपैंयाँ रहेको छ ।
तपाईंको प्रतिकृया



