ज्योति विकाश बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं । नेपाल नेशनल हस्पिटल र ज्योति विकाश बैंकबीच विशेष छुटसम्बन्धि सम्झौता भएको छ ।

आइतबार भएको सम्झौता अन्तर्गत आगामी दिनहरुमा बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले नेपाल नेशनल हस्पिटलद्वारा प्रदान गरिने विभिन्न स्वास्थ्य सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने छन् ।

ग्राहकहरुको सहजतालाई लक्षित गर्दै गरिएको उक्त सम्झौता पत्रमा नेपाल नेशनल हस्पिटलका बजार ब्यबस्थापन प्रबन्धक श्रुति राणा र ज्योति विकाश बैंकका सहायक महाप्रबन्धक सुशील कुमार शर्माबीच हस्ताक्षर भएको छ ।

उक्त संस्थाहरु बीच आइतबार भएको सम्झौता अनुसार ज्योति विकाश बैंकका ग्राहकहरुले नेपाल नेशनल हस्पिटल द्वारा दिईने उपचार तथा अन्य स्वास्थ्य सेवाहरुमा १० देखि १५ प्रतिशत सम्मको छुट प्राप्त गर्नसक्ने छन्।

सर्वसाधारण जनताको दैनिक जीवनलाई अझै सहज बनाउन आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसंग यस्ता लाभदायक गठबन्धन गर्ने अस्पताल पक्षको दावी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप