मलेशियामा एक नेपालीको मृत्यु

सोलुखुम्बु ।  वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।  माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो ।  बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका भाई दानकुबिर राईले जानकारी दिए ।

मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न  सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए ।मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस