तनहुँ । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। तनहुँको ऋसिङ गाउँपालिका-१ काहुँशिवपुर सेटाङकी २० वर्षीया मिनामाया थापाको मृत्यु भएको हो। चट्याङले लागेर घाइते भएकी थापाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
शुक्रबार राती ११ बजे मोबाइल चार्जमा राखेर भिडियो हेर्दै गर्दा विद्धुत् चट्याङको करेन्ट प्रवाह भएर गम्भीर घाइते भएको अर्यालले बताए। चट्याङ परिरहेको समयमा मोबाइल, ल्यापटप, टिभी लगायत बिध्युतीय सामग्रीहरु प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। चट्याङको समयमा विदधुतीय सामग्री प्रयोग गर्दा होशियार हुन सम्पुर्णलाई तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सुझाव दिए।
प्रतिकृया दिनुहॊस