केसीका माग पूरा नगरे भोलिदेखि स्वास्थ्य सेवा ठप्प पार्ने आवासीय चिकित्सक संघको चेतावनी

काठमाण्डौ । आवासीय चिकित्सक संघले बिहीबार बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

डाक्टर केसीले १६ औं पटक अनसन बसेको १६ औ दिन भइसकेकाले उनलाई जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै संघले बिहीबार बेलुकीसम्म पनि अनसन तोडाउन कुनै पहल नभए भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष डाक्टर सुमित पाण्डेले डाक्टर केसीको समर्थनमा बिहीबार कालोपट्टी बाँधेर काम गर्ने पनि बताउनुभएको छ । चिकित्सा शिक्षा विधेयक परिमार्जन र आफूसँग सरकारले गएका दिनमा गरेको सहमति कार्यान्वयनको माग गर्दै अनसन बसेपनि सरकारले भने संसदमा पेश भएको विधेयक पारित गर्ने तयारी गरेको छ ।

सोमबार र मंगलबारको बैठकमा कांग्रेसको अवरोधका कारण पारित हुन नसकेको विधेयक, प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट पारित गर्ने सरकारको तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस