प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण, पत्नी सीता र बुहारी बिना अस्पताल भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकीछिन् । भाइरल ज्वरोका कारण मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको मन्त्री मगरका भाइ प्रकाश मगरले बताए । उनलाई सोमबार बेलुका उपचारका लागि अस्पताल पुर्याइएको हो । घर लैजानु भन्दा अस्पतालमै भर्ना गरेर उपचार गर्न सहज हुने भएकाले अस्पतालमै राखिएको प्रकाशले बताए ।

यसैबीच, मन्त्रीकी सासु एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पनि सुमेरु अस्पतालमै उपचार भइरहेको छ । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । घरमा लैजादा भेटघाट बाक्लो हुने र संक्रमण बढ्न सक्ने भएकाले अस्पतालमै राखेर उपचार गरिरहेको प्रकाशले बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस