एनसीसी बैंकका ग्राहकलाई नर्भिक इन्टरनेशनल अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नर्भिक इन्टरनेशनल अस्पताल तर्फवाट  कार्यकारी सञ्चालक  राजेन्द्र बहादुर सिंहले  हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नर्भिक इन्टरनेशनल अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरुले बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा विशेष छुट पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds