मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने घोषणा गरेको छ । ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो । अब १४ दिनभित्र इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किए ठेक्का रद्द हुनेछ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ । यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराउने आयोजनाका उपप्रमुख रामप्रसाद कँडेलले जानकारी दिए ।

सरकारले अन्तिम समयसम्म पहल गर्दा पनि सीएमसी वार्तामा नै नफर्किएपछि सम्झौता रद्द गर्न प्रक्रिया अघि बढेको हो । अब सीएमसी काममा नफर्किए सीएमसीको अढाई अर्ब धरौटी पनि जफत हुनेछ । सरकारले ठेक्का रद्द भएपछि फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

सरकारले नयाँ वर्षमा काठमाडौंमा पानी ल्याइपुर्‍याउने उद्देश्यसहित काम भइरहेको बताइरहँदा वित्तीय संकटमा फसेपछि सीएमसीले मेलम्चीको साइट छाडेको थियो । उसले सरकारलाई ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन ।

यस्तो अवस्थामा अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने गरी सीएमसीका अधिकारीहरु विदेश उडेका थिए । इटालियन दूतावासले उनीहरुलाई फिर्ता ल्याउने प्रतिवद्धता जनाए पनि उनीहरु फर्किएनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको छन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after