स्विस बैंक रकम प्रकरण सरकारले छानबिन गर्ने

काठमाडौं।  स्विस बैंकमा ५५ नेपालीको शंकास्पद रकम रहेको बारेमा सरकारले छानबिन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्विस बैंकमा पैसा रहेका भनिएका व्यक्तिमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ । खोज पत्रकारिता केन्द्रले आईसीआईजेसँगको समन्वयमा गरेको खोजमा ५५ नेपालीले स्विस बैंकमा शंकास्पद रूपमा पैसा राखेको दाबी गरेको थियो ।

त्यस सम्बन्धमा सत्यतथ्य पत्ता लगाई छानबिन गर्न शुद्धीकरण विभागलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयको सम्पत्ति शुद्धीकरण तथा सुशासन हेर्ने महाशाखाले शुक्रबार सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै स्विस बैंकमा राखिएको पैसा र नेपालीका बारेमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको छन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after