म ज्यूँदै छु, मेरो मृत्यु भइसकेको प्रमाणपत्र बनेछ

झापा ।  उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनले आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्न गयो ।
मृत्युको प्रमाणपत्र देखाउँदै उनले भने, ‘यही हो मेरो पासपोर्ट । यही पासपोर्ट नै मेरो मृत्यु भइसकेको प्रमाण बनेछ ।’
उनी कार्यरत होन्डाइ कम्पनीले उनको पासपोर्ट अर्कैको शवका बाकसमा राखिदिएछ । उनलाई साउदी पठाउने म्यानपावरले पनि यथार्थ बुझ्न तत्परता देखाएन । साउदीबाट आएको शवको बाकसमा उनको नाम र पासपोर्ट राखिएकै कारण परिवारले मृत्युसंस्कार ग¥यो ।

‘साउदीबाट आएको शवको बाकसमा मेरो नाम र पासपोर्ट राखिएकै कारण मेरो काजकिरिया गरिएको रहेछ म जिउँदो हुँदाहुँदै,’ तामाङले भने । साउदीमा उनीसँगै काम गर्दै आएका कपिलवस्तुका टेकेन्द्र भण्डारीसहित केही साथी चढेको ट्याक्सी २४ असार २०७२ मा दुर्घटनामा परेको थियो । उनीहरू कम्पनीबाट तलब बुझेर फर्किँदै थिए । त्यस दुर्घटनामा टेकेन्द्रसहित पाँच जनाको मृत्यु भयो । उनी घाइते भए । तामाङको साउदीकै एक अस्पतालमा उपचार भइरहेको थियो । तर, कम्पनीले भने टेकेन्द्रको शवको बाकसमा तामाङको नाम र पासपोर्ट राखिदियो । तामाङको परिवारलाई पनि उनको मृत्यु भइसकेको र शव पठाउन लागेको जानकारी कम्पनीले गरायो ।

तामाङको भनिएको शव उनकै घर बेलबारी लगेर जलाइएको थियो । ‘शव’ जलिरहँदा तामाङ भने कोमामा थिए । चार महिना कोमा पछि उनको होस खुलेको थियो । त्यसपछि मात्र श्रीमान् जीवितै रहेको सन्तोषीले थाहा पाएकी थिइन् ।
काजकिरिया सकिएको ६ महिनापछि तामाङलाई नेपाल पठाइएको थियो । त्यसयता उनी निरन्तर आफ्नै घरमा छन् । एकोहोरो हाँसिरहने र रिसाइरहने समस्या उनमा बढ्दै गएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुख्य राजमार्गका २० स्थानमा पूर्ण अवरोध, कहाँ-कहाँ बन्द छ सडक ? (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरु अझै पूर्णरूपमा खुल्न सकेका छनैनन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after