गरिमा विकास बैंक लिमिटेडद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३\८४को अवसरमा गरिमा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ । विकास बैंकले गरिमा प्रिपेड डलर कार्ड गरिमा POS टर्मिनल तथा गरिमा Interbank QR टेलर “Garima Interbank QR Teller”  सेवाको औपचारिक शुभारम्भ गरेको छ ।

गरिमा प्रिपेड डलर कार्ड मार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ ।
त्यसैगरी, गरिमा POS टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सेवाले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, गरिमा Interbank QR टेलर सेवा मार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनैपनि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाईल एपबाट गरिमा Interbank QR स्क्यान गरि गरिमा विकास बैंकको जुनसुकै शाखबाट सहजरुपमा नगद प्राप्त गर्नसक्नेछन् । डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आईरहेको गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै जाने विश्वास व्यक्त गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री