काठमाडाैं । भानु जयन्तीको सन्दर्भ पारेर शैली फाउन्डेसनले शिक्षाबिद तथा वरिष्ठ साहित्यकार रामप्रसाद दाहाललाई एक समारोह बीचमा सम्मान गरेको छ। सम्मान पछि कार्यक्रमका प्रमुख अतिथी समेत रहेका दाहालले भने, “धन भएको त धेरै हुन्छन् मन भएकोहरुले समाजका बिबिध तह तप्कामा रहेकोलाई सेवा गर्नु जीवन जीउनुको सार्थकता पनि हो । शिक्षा स्वास्थ र साहित्यमा सेवा गर्ने काम अघि राखेर शैलीले जून काम गर्दैछ, त्यो प्रशंसनीय छ भने यसले निरन्तरता पाउनु पर्छ थाक्नु हुँदैन ।” उनले आफू सन्मानित भएकोमा फाउन्डेसन प्रति आभार प्रकट गरे।
यस्तै समाजमा योगदान दिएका जेष्ठ नागरिकहरु लाई पनिसो अवसरमा सम्मान गरिएको थियो । साहित्यकार युवराज नयाँ घरेले भने, “साहित्य र समालोचना को चर्चागर्दै सरिताको लेखनी राम्रो छ सरल छ मन पनि छ लाग्नुस अवश्य सफल भइन्छ ।’
कार्यक्रममा पहिलो प्रेम कृतिको लोकार्पण र अन्तर बिमर्श गरिएको थियो । डा.इ नवराज खतिवडाले प्रेम र मायालाई बिस्तृत चर्चा गर्दै प्रेमको महत्त्वमाथी प्रकाश पारे । कार्यक्रममा भावना पराजुली, मुकुन्द शर्मा, कृष्ण भट्ट्रराइ,अभिलाषा शर्माले विविध बिषयको चर्चा गर्दै भानुभक्त आचार्यको महत्त्वबारे धारणा राखे । फाउण्डेशनी अध्यक्ष सरिता शैलीले फाउन्डेसनका कार्यक्रम सहित गतिविधि र सम्मान बारेमा बताइन् । कार्यक्रम ललितपुरपुरको कुपोन्डोलमा भएको थियाे ।



