राहदानी विभाग अघि आत्मदाहको प्रयास

काठमाडाैं । त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिर एक युवाले आत्मदाहको प्रयास गरेका छन् । मुगुको सोरु गाउँपालिका-१ का बासिन्दा  २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो विभागको कार्यालय अगाडि पेट्रोलियम पदार्थ खन्याइ  शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

उनी ‘पठाओ’ राइडरका रूपमा काम गर्दै र हाल भक्तपुरमा बस्दै आएका थिए । निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरेको भन्दै काठमाडौं महानगर प्रहरीले उनको मोटरसाइकलको पाङ्ग्रामा ‘लक’ लगाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेकाे छ ।  विवाद बढेपछि उनले आफ्नै मोटरसाइकलकाे पेट्रोल शरीरमा खन्याई आगो लगाएका थिए ।

हाल उनलाई उद्धार गरी वीर अस्पतालमा पुर्‍याएको छ। उनको अवस्था गम्भीर रहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप