जनता बैंकको नाफा ३९२ प्रतिशत

काठमाडौं । जनता बैंकको नाफा ३९२ प्रतिशतले बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर र त्रिवेणी डेभलपमेन्ट बैंकसँग मर्ज भएसँगै बैंकको नाफा ६४ करोड पुगेको हो । गत आवको सोही अवधीमा बैंकले जम्मा १३ करोड मात्रै नाफा कमाएको थियो ।

जनता बैंकले २ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने ब्याज खर्च १ अर्ब ६९ करोड गरेको छ । बैंकले ४८ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २ दशमलब शुन्य ९ प्रतिशत रहेको छ ।

९ रुपैंयाँ १८ पैसा प्रति सेयर आम्दानी गरेको बैंकको प्रति सेयर नेटवर्थ भने १२६ रुपैंयाँ शुन्य ५ पैसा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस