चार जना जुवा खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं ।  चार जना जुवा खेलिरहेको अवस्थामापक्राउ परेका छन् । रत्ननगर नगरपालिका-१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री