फिफा विश्वकप २०२६ : टर्किए अष्ट्रेलियासँग २-० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो । आइतबारको खेलमा अष्ट्रेलियाले सशक्त र प्रभावकारी प्रदर्शन गर्यो ।

अष्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै पहिलो गोल गरेका थिए । यसैगरी, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गरे । जितसँगै समूह डीमा अष्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा छ । पाराग्वेमाथि शानदार जित हासिल गरेको आयोजक अमेरिका शीर्ष स्थानमा छ । यसअघिको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री