कांग्रेस संस्थापनइतर समूहकाे युवा भेला सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले शनिवार काठमाडाैमा भेला गरेका छन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गरेकाे वताएका छन् ।

 

युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गरिएको न्यूजदैनिकलाई वताए । ‘यो बेला जाने कसरी त पार्टी ? पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकतावद्ध बनाएर जाने ?,’ उनले भने, ‘यिनै विषयमा छलफल गर्न भेला बोलाएका हौं ।’ कार्यक्रममा सक्रिय युवाहरुकाे सहभागीता रहेकाे वताए ।

 

 

चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजे सुरू भएकाे भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवाको सहभागिता रहकाे बताइएको छ । नेता शाहीका अनुसार भेलाका लागि पाँच वटा एजेन्डा प्रस्ताव थियाे ।
प्रस्तावित एजेन्डाहरू :

  • फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने,

  • भ्रातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने,

  • क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने,

  • आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने,

  • पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्ता (जेनजी) लाई हस्तान्तरण गर्ने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री