सिद्धार्थ बैंकको एटीएम सोलुखुम्बुको खुम्जुङमा

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटीएम सञ्चालनमा ल्याएको छ ।

समुद्रि तहभन्दा ३,७९० मिटर उचाइमा अवस्थित यस एटीएम नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटिएम हो । नाम्चेबजार भन्दा माथि पहिलो पटक सिद्धार्थ बैंकको एटीएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न नाम्चेबजार सम्म गईरहनु नपर्ने हुँदा बैंकिङ कारोबार गर्न सहज हुने भएको छ ।

एटीएमको सञ्चालनले यस क्षेत्र लगायत एभरेष्ट बेस क्याम्प भ्रमणमा जाने पर्यटकहरुका लागि थप सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । खुम्जुङमा सञ्चालनमा आएको यस एटिएसँगै सिद्धार्थ बैंककोे हाल देशभर १४२ एटीएम पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस