भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलाः तेस्रो दिन सम्ममा करिब २० करोड कारोवार

भक्तपुर। भक्तपुरमा सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा तेस्रो दिन सम्ममा करिब २० करोडभन्दा बढीको कारोबार भएको छ ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहिबारबाट सुरु भएको मेलामा तेस्रो दिन (शनिबार) मात्र करिब १० करोड रुपैयाँ र तीन दिनसम्ममा जम्मा २० करोडको बरावरको कारोवार भएको मेला व्यवस्थापन समितिका संयोजक माधव प्रसाद प्रजापतिले  बताए ।

मेला अवलोकनमा आउनेहरुका लागि विभिन्न सांगितिक प्रस्तुतीले पनि मनोरन्जन प्रदान गरेको छ भने तेस्रो दिनको आर्कषणका रुपमा गुल्मिज गाईजको प्रस्तुती रहेको थियो । तेस्रो दिनमा मेला आयोजकले मिस्टर वल्र्ड महेश्वर महर्जन लगायत विभिन्न संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।

मेलामा तीन दिनसम्म करिव ७० हजार अवलोकनकर्ताले अवलोकन गरेको र मेलामा अटोमावाइल स्टलहरुमा गाडीहरुको वुकिंङ तथा यामाहाको स्टलबाट मोटरसाइकल विक्री समेत भएको संयोजक प्रजापतिले जानकारी दिए ।

पुस ३० गतेसम्म चल्ने मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए । मेलामा छाला ज्याकेट, बेनली कम्पनीका मोटरसाईकल, मोवाईल, एलइडि टेलिभिजन सेट, वासिंङ मेसिन, रेफ्रिजिरेटर, ल्यापटप लगायत विभिन्न कम्पनीका विद्युतिय सामग्रीहरुले अवलोकनकर्ताहरुको ध्यान तानेको आयोजकले जानकारी दिएको छ ।

मेलामा विभिन्न मौलिक नेवारी परम्परागत बाजागाजा, परम्परागत रुपमा चिउरा बनाउने तरिका लगायत पनि प्रदर्शनीमा राखिएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस