मेगा बैंकको नाफा ४३ प्रतिशत

मेगा बैंकको नाफा ४३ प्रतिशतले बढेर ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ५५ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी ५३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १७ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ३ करोड ५९ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि १ अर्ब ७८ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.३६ प्रतिशत रहेको छ भने प्रावधान १ सय २३ प्रतिशत गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

टेलिकमको दशैँ अफर

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठलगायतका अवसरमा दशैँ अफर २०८१ …

प्रतिकृया दिनुहॊस