दायित्व बाङ्गमय विशिष्ट सम्मान २०८३ वरिष्ठ साहित्यकार डा‌.दाहाल र आलोकलाई

काठमाडाै । दायित्व बाङ्गमय प्रतिष्ठानले आफ्नो सत्ताइसाैं वार्षिकोत्सव समारोहमा विभिन्न साहित्यकारहरुलाई संमान पुरस्कार अर्पण गरेको छ। सम्मान /पुरस्कार पूर्व राजदूत प्रा. डा. जयराज आचार्यले प्रदान गरे । वरिष्ठ साहित्यकार शिक्षाबिद् प्रा.डा.रामप्रसाद दाहाल र वरिष्ठ साहित्यकार पवन आलोकलाई दायित्व वाङ्मय विशिष्टसम्मान-२०८३ बाट सम्मानित गरिएको छ।

यसैगरी साहित्यकारद्वय प्रा.माधव घिमिरे र नारायण ज्ञवालीलाई दायित्व सम्मानबाट सम्मानित गरिएको छ।।प्रतिष्ठानद्वारा यस्तै विद्वच्छिरोमणि हेमराज पुरस्कार प्रा.नीलमणि ढुङ्गाना,दायित्व मुरलीदेवी-गुरुदत्त स्मृति पुरस्कार नि:सहाय सेवा सदन, दायित्व सीता पन्त स्रष्टा पुरस्कारबाट साहित्यकार निर्मलरमण पराजुली,दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट सरस्वती चौलागाई, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट गार्गी चौलागाई,हरिकला-गुणाकर दायित्व रचनाबाट साहित्यकार माधव काफ्ले पुरस्कृत भएका छन्। कार्यक्रममा विभिन्न साहित्यकार र सम्मानित साहित्यकारहरुले मन्तव्य राख्नु भएको थिए।सो अवसरमा दायित्व पत्रीकाको पनि लोकार्पण गरिएको थियोे ।कार्यक्रमको सभापति तब रामप्रसाद पन्तले गरेका थिए भने उद्घाेषण यादव भट्टराईले गरेका थिए । स्वागत मन्तव्य प्रा. डा. भागवत ढकालले गरेका थिए भने प्रमुख आतिथ्यता पूर्व राजदूत प्रा. डा. जयराज आचार्यले गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री