काठमाडाै । शिक्षाबिद ,बरीष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ। मानब पुस्तकका अध्यक्ष बिष्णु प्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा.भागवत ढकाल ,मानब पुस्तकका परिकल्पनाकार बरीष्ठ साहित्यकार हरिभक्त सिग्देल , बारीष्ठ समालोचक तथा कवि ठाकुर शर्मा ,मुक्तीनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष तथा बरीष्ठ कवि कलानिधी दाहाल ,बरीष्ठ युरोलोजिष्ट तथा आख्यानकार प्रा डा. अर्जुनदेब भट्ट लगायतले विभिन्न मानव जीवनका बहु आयमिक पाटोलाई केलए ।

सो अवसरमा विद्वान डाक्टर दाहालले प्रमुख बक्ताको रूपमा साहित्य र जीवन दर्शनका कुराहरुलाई बिस्तृत रूपमा प्रकाश पारेका थिए ।आफ्नो जीवनचक्रलाई आजसम्मको दाहालको जीवनको भोगाइ र गरेको कार्यहरू आकर्षक कथात्मक पाराले सार्है सुन्दर शैलीमा प्रस्तुत गरेका थिए । साहित्य यथार्थ परक , युगबोध र जीवन बोध लाई समातेर सुन्दर समाजको निर्माण परिकल्पनामा केन्द्रित हुनुपर्छ ।उन्नति र प्रगति लुकेको साहित्य नै उत्कृष्ट हुन्छ भने ।
कविहरुले /साहित्यकारहरुकले आफ्नो समसामयिक कविता र रचनाहरु सुनाएका थिए ।कविता सुनाउने कविहरु दोस्रो सत्र अन्तर्गत रचना वाचन गर्ने र स्वागत मन्तव्य दिने लहरमा-ठाकुर शर्मा भन्डारी, दिलीप श्रेष्ठ,तेजनाथ दङ्गाल, महेशप्रसाद रिजाल, कृष्णप्रसाद बस्याल, रामचन्द्र घिमिरे, दाहाल कल्पना, दुर्गाप्रसाद सिग्देल, दुर्गाकिरण तिवारी, चन्द्रा न्यौपाने, भागीरथी भट्टराई ज्ञवाली,हरिभक्त सिग्दे (मन्तव्यसहित), दुर्गा भँमरकोटे, सुन्दर खड्का, थरेन्द्र वराल, ध्रुवराज थापा आदि रहे। धन्यवाद मन्तव्य कलानिधिले दिएपछि सभापतिले मन्तव्यसहित कार्यक्रम समाप्त भएको थियो ।कार्यक्रमको उद्घाेषण निर्मल पराजुलीले गरेका थिए ।
तपाईंको प्रतिकृया




