रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक तस्करको मृत्यु

भैरहवा । रुपन्देहीमा तस्कर र प्रहरीबीचको गोली हानाहानमा एक तस्करको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिए।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०/३५ वर्ष उमेरका एक तस्करको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि थापाले बताए। प्रहरी उपरिक्षक थापाका अनुसार तस्करको गोली प्रहारबाट एक प्रहरी घाइते भएका छन्। उनको बायाँ पाखुरामा गोली लागेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप