लिगका लगातार १८ खेलमा अपराजित पिएसजी

काठमाडाैँ । फ्रेन्च लिग वान फुटबलको लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । पिएसजी लिगका १८ खेलमा अपरातिज रहेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ३–० ले हरायो । पिएसजीको जितमा एडिन्सन काभानी, केलियन एमबाप्पे र माक्र्विन्होसले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा भ्रमण टोली पिएसजीले ५७ औँ मिनेटमा पेनाल्टी पाएपछि गोलको खाता खोलेको हो । काभानीले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

६६ औँ मिनेटमा एडिनोन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एमिएन्स १० खेलाडीमा सीमित भयो । ७० औँ मिनेटमा एमबाप्पे तथा ७९ औँ मिनेटमा माक्र्विन्होसले गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो ।

जितपछि शीर्षस्थानको पिएसजीको १८ खेलबाट ५० अंक भएको छ । दुई खेल बढी खेलेको दोस्रो स्थानको लिलेको ३७ अंक छ । अर्थात पिएसजीले १३ अंकको अग्रता लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस