ट्रेलरमा हेर्नुस् एक्सनले भरिएको नेपाली फिल्म ‘रणवीर’

काठमाडौं । नेपाली फिल्म ‘रणवीर’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

प्रेम, मित्रता र बदलाको विषय समावेस फिल्मको ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु सुशील सिटौला, प्रशान्त ताम्राकार, सुवेक्षा खड्का, सुपुस्पा भट्ट लगायतलाई प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरका अधिकांश दृष्यहरु एक्सनपुर्ण छन्।

सार्वजनिक ट्रेलरमा सिटौला ‘रणवीर’को भूमिका छन्। उक्त भूमिकाका लागि सिटौलाले करिब ६ महिना आफ्नो शारीरिक बनावट परिवर्तन गर्न खर्चिएको बताए।

कार्यक्रममा बोल्दै सिटौलाले भने, ‘६ महिना लामो वर्कआउट पछि १५ केजी मसल बढाएर मात्र कथाको माग अनुसारको पात्र ‘ररवीर’का रुपमा उभिन सकेँ।’

सन् २०१२ कि मिस इन्टरनेसनल नेपाल खड्का र अर्की अभिनेत्री भट्ट दुबै जनाले यसै फिल्ममार्फत डेब्यू गर्दैछन्। गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको फिल्मलाई महेश पौडेलले खिचेका हुन्। फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडीलगायतका कलाकारहरुको अभिनय रहेको छ।

गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीको लगानी रहेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।

फिल्मकाे ट्रेलर:

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री