१० युवालाई “कर्णाली युथ आइकन” अवार्ड प्रदान : कर्णाली युवा महाेत्सव भव्यरुपमा सम्पन्न

सुर्खेत । कर्णाली युवा महोत्सवको दाेस्राे संस्करणका अवसरमा कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरेका १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मान गरिएको छ । सोमबार सुर्खेतमा सम्पन्न महोत्सव समापन समारोहमा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली युथ आइकन अवार्डबाट समाजसेवीका रुपमा हरि कँडेल, कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएवापत नेत्र रोग विशेषत्र डाक्टर आकांक्षा राना, पत्रकारितामा चाँदनी कठायत, गीत संगीततर्फ इब्सल सन्ज्याल, शिव संगित, युवा व्यवसायीतर्फ मनिषजंग शाही, युवा उद्यमीतर्फ प्रमिला बुढा, सामाजिक क्षेत्र हिक्मत वादी, चलचित्रतर्फ केशव थापा, युवा उत्प्रेरक आदर्शविक्रम सिंहले युथ अवार्ड प्राप्त गरेका छन् ।

प्रदेश प्रमुख जोशीले अवार्ड प्रदान गरेका थिए । कार्यक्रम समापन समारोहमा बोल्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली गरिब र अशिक्षित छ भन्ने पुरानो मानसिकता त्यागेर समृद्धिको नयाँ बाटोमा लाग्न युवाहरूलाई आह्वान गरे । शनिबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली युवा महोत्सवको समापन समारोहमा बाेल्दै उनीले कर्णाली सम्भावनाले भरिपूर्ण रहेको र ती सम्भावनालाई उजागर गर्ने जिम्मा युवाहरूको भएको विचार व्यक्त गरे । प्रदेश प्रमुख जोशीले कर्णालीको हीनताबोध त्याग्नुपर्नेमा जोड दिँदै भने, “कर्णाली गरिब, अशिक्षित छ भन्ने धारणाबाट हामी टाढा रहनुपर्छ । कर्णाली समृद्ध छ र यहाँ उज्ज्वल भविष्य छ भन्ने सोचका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री