राष्ट्रिय सहकारी बैंकको डीसीईओमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

अधिकारीले सोमबारदेखि नै पदभार सम्हालेका छन् । अधिकारी नेपाल बैंकबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनीसँग दुई दशकभन्दा बढी बैंकिङ अनुभव  छ । एमबीए तथा एमपीएसम्मको शैक्षिक योग्यता हासिल गरेका अधिकारी गत फागुनमा नेपाल बैंकबाट अनिवार्य अवकाशमा गएका थिए । उनी नेपाल बै‌ंकमा कार्यरत रहँदा कुशल बैंकरका रुपमा चर्चित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री