रास्वपा सांसद पोखरेलसँग विद्यालयले उल्टै माग्यो माफी

ओखलढुंगा । श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले सांसद विश्वराज पोखरेलसँग माफी मागेका छन्। सांसद पोखरेलले आफूलाई स्वागत नगरेको भन्दै प्रधानाध्यापकलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे र उनकाे आलोचना भएको थियो। विद्यालयले सांसदको मानमर्यादामा पर्न गएको आघातप्रति पुनः क्षमायाचना गर्दै घटनाको विवरणसमेत विज्ञप्तिमा उल्लेख गरेको छ। रास्वपा सांसद विश्वराज पोखरेलबाट थर्काइ खेप्ने विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले माफी मागेका छन् ।

 हेर्नुहोस् विज्ञप्ति :

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री