तेस्रो त्रैमासमा बैंकिङ क्षेत्रमा सुधार, कुन बैंकको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । भर्खरै प्रकाशित बैंकहरूको तेस्रो त्रैमासिक विवरणहरूले वाणिज्य बैंकहरूको सुधारको संकेत देखिएकाे छ । केही बैंकहरू बाहेक समग्रमा बैंकहरूको वित्तीय विवरण र समग्र अवस्था राम्रो हुँदै गएको देखिएको छ । वाणिज्य बैंकहरुको कुल नाफा १९.३०% ले बढेको छ । नबिल बैंकले यस त्रैमासमा पनि नाफाका आधारमा शीर्ष स्थान कायम राख्न सफल भएकाे छ।

बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बनेको छ। दोस्रो स्थानमा कुमारी बैंक रहेको छ । अघिल्लो वर्ष केवल २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु वर्ष ४ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गर्दै १३६१.७६ प्रतिशतको उल्लेखनीय वृद्धि दर्ता गरेको छ।

नाफा प्रतिशतको हिसाबले हेर्दा भने कुमारी बैंक सबैभन्दा अघि देखिएको छ । रकमका आधारमा उच्च नाफा कमाउने बैंकहरूमा नबिल बैंकपछि ग्लोबल आइएमई बैंक (४.४० अर्ब रुपैयाँ) र कुमारी बैंक (४.१७ अर्ब रुपैयाँ) रहेका छन् । यो अवधिमा एनआईसी एशिया बैंक तुलनात्मकरूपमा कम नाफा कमाउने बैंकको अग्रस्थानमा रहेको छ । बैंकले यो अवधिमा जम्मा १४ करोड रुपैयाँ मात्रै नाफा आर्जन गर्न सकेको छ । बैंकहरूको वित्तीय अवस्था तथ्यांकमा :

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री