नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौं । विक्रम सम्बत २०८३ सालको आगमनको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम काठमाडौंमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको आयोजना मोडर्न कन्या कलेज ले गरेको हो। नयाँ वर्षको स्वागतसँगै सकारात्मक ऊर्जा, सहकार्य र सिर्जनात्मकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्वीय गीतकी चर्चित गायिका गङ्गा आचार्य गौतम, लोकप्रिय गायिका रीतु कडेल तथा गायिका अन्जु गौतमले सुमधुर स्वरमा शुभकामना गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। सांगीतिक प्रस्तुतीहरूले कार्यक्रमलाई अझ जीवन्त र उल्लासमय बनाएको थियो। त्यसैगरी, वरिष्ठ कवि राधा कार्की, इन्दिरा ढकाल तथा कवि एवं पत्रकार रमा न्योपाने ले कविता वाचनमार्फत नयाँ वर्ष २०८३ को सन्दर्भमा आशा, सम्भावना र सामाजिक चेतनाका सन्देशहरू प्रवाह गरेका थिए।

कार्यक्रममा वरिष्ठ पत्रकार कल्पना शर्मा र रोजी पराजुली लगायत सामाजिक अभियन्ता राधा दाहाल, अप्सरा थापा, दीपिका शाह तथा सञ्चारकर्मी सुरेन्द्र पौड्याल, आरोही शर्मा, विष्णु केसी थापाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समाजमा सकारात्मक सोच, एकता र सहकार्यको आवश्यकता औंल्याएका थिए। कार्यक्रममा चर्चित मोडल परितोषिका पन्त को विशेष उपस्थिति रहेको थियो, जसले कार्यक्रमको आकर्षण थप बढाएको थियो।

साथै, प्रा. मुकुन्दराज दाहाल, वरिष्ठ सिए मनमोहन राज काफ्ले, समाजसेवी सुव्रर्ण गौतम, अमित प्याकुरेल, प्रा. नितेश कार्की, प्रा. शिला ओझा तथा कोपिला कोइरालाले आ-आफ्नो क्षेत्रबाट प्राप्त अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएका थिए। कार्यक्रमको उद्घाटन शिक्षाविद् तथा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उहाँले नयाँ वर्षलाई सिर्जनशीलता, सकारात्मक परिवर्तन र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्नेमा जोड दिए। कार्यक्रममा कलेजका प्रिन्सिपल सविन पोखरेल ले स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूबारे प्रकाश पारे।

यसै क्रममा युवाजेन्जी मिलन चौतारीका सदस्यहरू पार्वती भण्डारी, कल्पना कटुवाल, गङ्गा केसी तथा पूजा लामिछाने को सक्रिय सहभागिताले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थितिले नयाँ वर्ष २०८३ को स्वागतलाई अझ भव्य, उत्साहपूर्ण र प्रेरणादायी बनाएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोच, सहकार्य र सांस्कृतिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप