कारोवारकाे पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार साताको पहिलो कारोवार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री