सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्की कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई ३ लाख रुपैयाँ बराबरको बीमा भुक्तानी गरेको छ ।

कम्पनीमा  तीन लाख बीमाङको बीमा गरेको लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ भएकोमा उनलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ र निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङकवापतको तीन लाख र आर्जित बोनस रकम  एकमुष्ठ भुक्तानी गर्नेछ ।

साथै,कम्पनीले सोही दिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतम,कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जनाधिमिरेले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after