Infinix ले नेपालमा NOTE 60 Series र NOTE Edge सार्वजनिक गर्‍यो

काठमाडाैं । Infinix ले आफ्नो नयाँ स्मार्टफोन सिरिज — NOTE 60 Series र NOTE Edge — नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो नयाँ सिरिज आजका स्मार्टफोन प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन, टिकाउपन र आकर्षक डिस्प्ले अनुभव दिने उद्देश्यले तयार गरिएको हो।

प्रोडक्ट लाइनअप र मूल्य
NOTE Edge
• 8GB + 128GB — रु. 41,999
• 8GB + 256GB — रु. 47,999
NOTE 60
• 8GB + 128GB — रु. 45,999
• 8GB + 256GB — रु. 51,999
NOTE 60 Pro
• 8GB + 256GB — रु. 59,999
• 12GB + 256GB — रु. 66,999

मुख्य विशेषताहरू
प्रदर्शन (Performance)
NOTE 60 Series मा अत्याधुनिक प्रोसेसर प्रयोग गरिएको छ — NOTE 60 Pro मा Snapdragon 7s Gen 4, NOTE 60 मा Dimensity 7400 Ultimate र NOTE Edge मा Dimensity 7100 — जसले स्मूद मल्टिटास्किङ र भरपर्दो प्रदर्शन सुनिश्चित गर्छ।
डिस्प्ले (Display)
सबै मोडेलहरूमा 144Hz 1.5K Ultra HDR डिस्प्ले रहेको छ, जसले स्मूद र आकर्षक भिजुअल अनुभव दिन्छ। NOTE Edge मा थप 3D-कर्भ्ड AMOLED डिस्प्ले दिइएको छ।

ब्याट्री र चार्जिङ (Battery & Charging)
यो सिरिजमा 6500mAh को शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुनिश्चित गर्छ। NOTE 60 Pro मा 90W सम्मको फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ।
क्यामेरा (Camera)

50MP क्यामेरा सिस्टम र Live Photo Mode सहित, विभिन्न अवस्थाहरूमा पनि स्पष्ट र जीवन्त फोटो खिच्न सक्षम।
डिजाइन (Design)
NOTE 60 Series मा प्रिमियम मेटल डिजाइन प्रयोग गरिएको छ, जसले मजबुतीसँगै आकर्षक लुक पनि दिन्छ।
आधिकारिक प्रतिक्रिया
“Infinix ले NOTE 60 Series र NOTE Edge नेपालमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं। यो सिरिजले परफर्मेन्स, ब्याट्री लाइफ र प्रिमियम डिस्प्ले सबैलाई सन्तुलनमा राखेको छ,”  Infinix नेपालका Country Manager पियुष गिरीले भने, । “हामी नेपाली प्रयोगकर्ताको वास्तविक आवश्यकतालाई ध्यानमा राख्दै केवल स्पेसिफिकेसन मात्र होइन, राम्रो युजर एक्सपिरियन्स र दीर्घकालीन भ्यालु दिन प्रतिबद्ध छौं।”

उपलब्धता
NOTE 60 Series र NOTE Edge अब देशभरका आधिकारिक पसलहरूमा उपलब्ध छन्।
Infinix बारे
Infinix एक अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड हो, जसले नयाँ प्रविधि र स्टाइलिस डिजाइनमार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिनमा केन्द्रित छ, विशेषगरी उदीयमान बजारहरूमा यसको राम्रो उपस्थिति छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री