कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु, तीन घाइते

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिका ४ निगालपानीमा  पुराना कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन्।  पुराना कपडा पेलेर सिरक डसना लगायत  कपडा तयार गर्ने मेसिन पड्किँदा बर्दियाका २८ वर्षीय जयकृष्ण न्यौपानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बर्दियाकै विष्णुचन्द्र चौलागाईँ,कैलालीका जनक न्यौपाने र रोल्पाको त्रिवेणी ६ का धनबहादुर पुन घाइते भएका छन्।

दाङको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रेफर’ गरिएको त्रिवेणी गाउँपालिका ४ का वडासदस्य प्रेमबहादुर बुढामगरले बताए । निगालपानी मंगलबारदेखि सञ्चालनमा आएको उद्योग उद्घाटन गर्ने क्रममा विस्फोट भएको हो ।

यस्तै भिरवाट लडेर त्रिवेणीमै एकजनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका  ५ जगरबोटका ४८ वर्षीय बमबहादुर दमाईको मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी नायब निरीक्षक ध्रुव बोहराले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप