सुर्खेत १ मा कांग्रेसका विष्णु खड्का विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्। खड्काले २६ हजार ८ सय ९७ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८ सय ९० मत ल्याए। रास्वपा उम्मेदवार टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

नेकपा उम्मेदवार जितबहादुर रानाले २ हजार ८ सय २८ मत ल्याएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री