वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडासचिव (शाखा अधिकृत) भरत कुमार काउचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोछ ।

५ हजार घुससहित पक्राउ परेका काउचाविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बसाइसराइ सम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री