सुनकाे मूल्य ताेलाकाे तीन लाख नाघ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ५ हजार ८ सय ७० रुपैयाँमा कारोवार भएको चाँदी आज ३२० रुपैयाँले बढेर ६ हजार १ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री