सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य मंगलबार तोलामा २ हजार ७ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको छ । यससँगै चाँदी आज प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री