सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २२ जना घाइते

नवलपरासी । पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – ११, बाहुनेकुना सोमबार बिहान बस पल्टि“दा २२ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । कालिकोट मानमा खर्चना गाउँपालिका–२ बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन्। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रीत भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ३४ जना यात्रु सवार रहेको बसमा १२ जना भने सकुशल रहेको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस