एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं । एम.भी.दुगड ग्रुपका  एवं प्रतिष्ठित उद्योगपति  मोतीलाल ८० औं बर्षमा प्रवेश गरेकाे अवसरमा एमभी दुगड ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।  आज माघ ४ गते नेपाल भर रहेका एम भी दुगड ग्रुपको अटो डिभीजन र हाईड्रो डिभीजनका कर्मचारीहरुको सक्रीय सहभागितामा “तपांईको एक थोपा, कसैको जीवन ।” भन्ने मूल नाराका साथ यस ग्रुपको हाईड्रोको १ स्थान तथा अटोमोवाईल्सका पुर्व मेची देखी पश्चिम महाकाली सम्मका शाखाहरु गरी १६ स्थान र ३ वटा  डिलरहरु समेत गरी नेपालको सातवटै प्रदेशमा २० वटा स्थानहरु बाट एकै दिनमा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक र CURA HEALTH को सहयोगमा सुरक्षित एवं ब्यवस्थित हिसावले सफलतापुर्वक ५७८ जनाबाट पाँच सय अठहत्तर प्वाईन्ट द्ययियम कलेक्सन गरी नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराईएको छ ।

रक्तदान कार्यक्रमबाट विरगंज, बुटवल र धनगढीमा गरी ३ जना विरामीको तत्कालै ज्यान जोगाउन समेत  सहयाेग पुगेकाे छ । रक्तदान कार्यक्रममा यस ग्रुपका कर्मचारीहरु लगायत रक्तदान स्थानको वरपरका इष्ट मित्र, छर छिमेकी तथा अन्य वर्गले समेत सक्रीय सहभागीता जनाएका थिए ।

सवै नेपालीहरु शिक्षीत स्वस्थ्य तथा वातावरण प्रेमी हुनु पर्ने धारणा राख्ने  अध्यक्ष दुगडले आज भन्दा ५ बर्ष अघि  ७५ औं जन्म बर्ष मनाउंदै गर्दा यस ग्रुपबाट ग्रुपकै खर्चमा बृहत बृक्षा रोपण गर्ने कार्यक्रम अभियान सञ्चालन गरेका थिए । यो अभियानमा ५ बर्ष भित्र जलविद्युत आयोजना रहेको सोलुखुम्बु, रामेछाप र दोलखा जिल्ला अन्तर्गतका विभिन्न पालिका भित्रका विभिन्न सामुदायिक बन लगायत पुर्व मेची देखी पश्चिम महाकाली सम्म गरी फैलिएका अटो डिभिजनका ४२ वटा शाखाहरु जस्तैः गौरीगंज, संखुवासभा ( खांदबारी र तुम्लिंगटार ), विराटनगर, विरगंज, हेटौडा, काठमाण्डौं, बुटवल, दांङ, नेपालगन्ज, धनगढी आदी तथा विभिन्न विद्यालय, मन्दिरहरु र अन्य सार्वजनिक स्थलहरु समेतमा गरी विभिन्न प्रजातीका १ लाख भन्दा बढी विरुवाहरुको बृक्षा रोपण गरि उक्त विरुवाहरुको समय समयमा गोडमेल गर्ने पानि हाल्ने लगायतको कार्य गर्दैै विरुवाहरुको उचित हेरचाहा तथा स्यह्यार सम्भार तथा संरक्षण गरी आएको छ । जसमध्ये हाल लगभग ६५ हज्जार विरुवाहरु हुर्केका छन् । जसमा टिमुर, रुद्राक्ष, अमला, लप्सी, नासपाती, सुन्तला, एभोकाडो लाकुरी, पैंयु, सिरिष, किम्वु, ओखर, सल्लो , कपुर, आंप, अम्बा, धुपी, बेल, जामुन, कटहर, श्रीखण्ड (चन्दन), अनार, निम, कागती, तेजपत्ता, बांस आदीका साथै विभिन्न प्रजातिका फुलका बोट विरुवाहरु पनि अतिरिक्त रहेका छन् । यस्तै प्रत्येक बर्ष वन विभाग मातहतका कार्यालयहरुले अरु जग्गा उपलब्ध गराएमा वहांहरुकै सल्लाह सुझाव र निर्देशन अनुसार योजनाबद्ध तरिकाले आगामी ५ बर्ष भित्र यस ग्रुपको ५ लाख विरुवाहरु हुर्काउने र संरक्षण गर्ने लक्ष्य रहेको छ । सोही लक्ष्य अनुरुप यस बर्षमा न्यूनतम १ लाख विरुवाहरु रोपण गरी संरक्षण गर्ने योजनामा कम्पनी रहेकाे छ  ।

नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा करिव १५० बर्षको लामो इतिहास बोकेको  एम.भी.दुगड ग्रुपको ब्यापारिक संजाल नेपालमा पुर्वको मेची देखी सुदुर पश्चिमको महाकाली सम्म फैलीएको छ । यस ग्रुपले अटो ब्यवशाय, कृषी ब्यवशाय, जलविद्युत ब्यवशाय, कन्स्ट्रक्सन ब्यवशाय आदी गरिरहेको छ भने सो बाहेक बैंकींग क्षेत्र, जीवन तथा निर्जीवन विमा, पुनर वीमा एवं लघु वीमा कम्पनीहरुमा यस ग्रुपको महत्वपुर्ण हिस्साको लगानी रहेको छ । नेपालको पुर्वाधार विकास लगायत आर्थिक उन्नतीमा महत्वपूर्ण योगदान पुर्याईरहेको यस ग्रुपले विगत केही बर्ष देखी सोलुखुम्बु र रामेछाप जिल्लामा निर्माण गरेको जलविद्युत आयोजनाबाट १६१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय विद्युत प्रशारण लाईन बाट विद्युत प्रवाह एवं वितरण गरिरहेको र बर्षा याममा विद्युत भारतमा निकासी भई नेपाल सरकारलाई विदेशी मुद्राको समेत आर्जन भईरहेको छ । त्यस्तै गरी यस ग्रुपले दोलखा जिल्लामा लगभग २०० मेगावाटको जलविद्युत आयोजनाको निर्माण गरिरहेकोछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप