२२ जेष्ठ २०८३, शुक्रबार

प्रदर्शनमा आएको नयाँ चलचित्र ‘गोबर गणेश’ लाई दर्शकको राम्रो प्रतिक्रिया

काठमाडौं । माघ १ गतेबाट प्रदर्शनमा आएको मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुलाई दर्शकले तारिफ गरिरहेका छन् । सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ ।

हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम वर्गीय परिवारको घरको कथा चलचित्रले उठाएको दर्शकको प्रतिक्रिया छ । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रलाई ब्याकटेस इन्टरटेनमेन्टले वितरण गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री