नयाँ रेकर्ड सुनचाँदीको मूल्यमा

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । आइतबार २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री